00:00:00
खेलकुद

ए डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

मंगलबार फाल्गुण २३, २०७९/ Tuesday 03-07-23

फागुन २३, काठमाडौं 
  सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटारबिचको खेल दिउँसो साढे बजे सुरु हुनेछ ।

यस्तै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पनि दिउँसो साढे २ बजे नै सुरु हुनेछ । जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

कुल १ सय ८२ खेल हुने यस पटकको लिगमा विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
 

तपाईको प्रतिक्रिया