फाल्गुन २८, तिलोत्तमा
पाल्पाको माथागढी गाउँपालिका–६, गोठादी चिलेपानीमा भएको टिपर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ । टिपरमा सवार अर्का एक जना घाइते भएका छन् । गोठादीबाट रहवासतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका–११, गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
सूचना अधिकारी वीरेन्द्र थापाकाअनुसार सोही टिपरमा सवार माथागढी गाउँपालिका–४, झडेवाका ५० वर्षीय हुमबहादुर परियार घाइते हुनुभएको छ । घाइते परियारको उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया