दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको ११ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न
तिलोत्तमा २०७९ चैत ४
दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको ११औं साधारण सभा तथा आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामबहादुर चन्दको अध्यक्षता, ठकुरी महासंघ नेपालका अध्यक्ष खिम बहादुर शाहीको प्रमुख आतिथ्य र तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
तिलोत्तमा ४ डिङ्गरनगरमा भएको कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका मेयर खाँणले ठकुरी समाजका युवाहरुलाई उद्योग–व्यवसाय, रोजगार र आयमूलक क्षेत्रमा जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले ठकुरी समाजको आर्थिक, सामाजिक विकास र भवन निर्माणका लागि तिलोत्तमा नगरपालिकाले सहकार्य गर्ने भन्दै यसमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर चन्दले अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका सदस्य सोम बहादुर मल्लले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष धुर्ब प्रचण्ड सेनले आर्थिक वर्ष २०७८÷७९ को कुल ३१ लख ९१ हजार २१ रुपैया ४६ पैसाको प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका संरक्षक जंगबहादुर शाहले ४ जना विद्यार्थीहरुलाई दश-दश हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यस्तै सल्लाहकार जंग बहादुर मल्ल र केन्द्रिय सदस्य खिम बहादुर शाहले १०,१० हजारका दरले एक-एक जनालाई, सल्लाहकार खोम बहादुर सेनले एक जनालाई ५ हजारको छात्रवृत्ति प्रदान गर्नुभएको थियो । साथै समाजका कोषाध्यक्ष धुर्ब प्रचण्ड सेनले स्वोर्गिय आमाको सम्झनामा अक्ष्यकोष बनाई सोही रकम बाट ७५०० का दरले दुई जनालाई रकम प्रदान गर्नुभएको थियो ।
संस्थाका सचिव समर मल्लको सञ्चालनमा सम्पन्न कार्यक्रममा आजिवन सदस्य तथा कक्षा १२ मा ए प्लस ल्याइ उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान तथा प्रमाणपत्र गरिएको थियो । आजको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
तपाईको प्रतिक्रिया