00:00:00
स्थानिय

भैरहवामा “सिद्धार्थ सडक खाना महोत्सव” हुँदै

आइतबार चैत १२, २०७९/ Sunday 03-26-23

भैरहवा २०७९ चैत्र १२

 नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा भैरहवामा “सिद्धार्थ सडक खाना महोत्सव” को आयोजना हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनको आयोजनामा चैत्र ३० गते भैरहवाको देवकोटा चोकमा महोत्सव हुने भएको हो ।

एक दिने कार्यक्रममा भारतीय पर्यटकहरुलाई पनि निमन्त्रणा गरी कोभिड-१९ पछि नेपाल एवम् सीमा क्षेत्र भैरहवाको व्यवसाय प्रवर्द्धन गर्न उत्प्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएका छन ।

 यसका साथै यस क्षेत्रका जन समुदायहरु नयाँ वर्ष मनाउन अन्यत्र जाने प्रचलनलाई रोकी अन्य क्षेत्रबाट भैरहवा आई नर्व वर्ष धुमधामका साथ मनाउन कार्यक्रमले सहयोग गर्ने संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए । एक सय स्टल हुने उक्त महोत्सवमा तारे होटल जन्य ८ वटा, रेस्टुरेन्ट जन्य ४० वटाका साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने न्यौपानेले बताउनुभयो ।

  कार्यक्रममा स्थानीय कला साँस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरुबाट प्रस्तुती तथा डिजे रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिनुभयो । महोत्सवमा भैरहवा आसपासका गाँउपालिकाहरुमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको सहभागिता रहने महोत्राले बताउनुभयो ।

 यस कार्यक्रमबाट कोभिड-१९ ले थला परेको पर्यटन व्यवसायलाई र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भएपनि राहत पाउने, पर्यटक बढ्ने र समग्रमा बजार चलायमा बनाउने कार्य गर्ने आयोजकको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया