मोटरसाईकल चोरीमा संलग्न १ सहित गिरोहका ३ सदस्य तिलोत्तमा ९ बाट पक्राऊ
तिलोत्तमा २०७९ चैत्र १६
तिलोत्तमा ९, ज्ञानोदय चोक ३ नम्बरमा मोटरसाईकल चोरी गर्ने १ सहित गिरोहमा संलग्न ३ जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासीको प्रतापपुर-२ गोपीगन्ज बस्ने बर्ष २६ का नारायण थारू, सुनवल नगरपालिका वडा न. ९ पिप्रैया घर बताउने २४ बर्षिय रबि प्रसाद थारू र तिलोत्तमा १३ करौंजिया बस्ने ओमप्रकाश थारू रहेको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
घटनाक्रम अनुशार गयराति साढे १२ बजे तिलोत्तमा ९ स्थित नारायण पाण्डेको घरमा पार्किगं गरि राखेको लु६७प ८६१९ नम्बरको बजाज पल्सर मोटरसाईकलको लक तोड्ने क्रममा घरका सदस्यले थाहा पाई हल्लाखल्ला गर्दा भागेका गोपीगन्ज बस्ने नारायण थारूलाई स्थानीयले घेरा हाली समातेर प्रहरीलाई बुझाएका थिए ।
सो क्रममा स्थानीयको कुटपीटबाट टाउकोमा चोट लागेका थारूलाई प्रहरीले उपचारका लगी केरकार गर्ने क्रममा अभियुक्त थारूले गिरोहका थप २ जनाको नाम लिएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरि छानबीन प्रक्रिया अगाडी बढाएको छ । पक्राउ परेका ३ जनासँगै अभियुक्तहरूले प्रयोग गर्दै आएको लु४२प ४० र लु२१प १९३९ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया