स्थानिय
रुपन्देहीको शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23
बुटवल २०७९ चैत्र १६
रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित पक्राउ परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले बताउनुभयो ।
नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज विहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको अधिकारीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया