दर्शन कल्याण ठकुरी समाज रुपन्देहीमा निर्बिरोध निर्बाचित
शारदा शाही ठकुरी
तिलोत्तमा २०७९ चैत्र १६
दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको ११ औं साधारण सभा तथा आठौं अधिवेशनमा मिना सेन मल्लको अध्यक्षतामा सत्र जना कार्यसमिती सद्स्य निर्बिरोध निर्बाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा अर्जुन कुमार शाह,महिला उपाध्यक्ष सुमित्रा मल्ल,खुल्ला उपाध्यक्ष तर्फ ध्रुव प्रचण्ड सेन,सचिव सम्मर बहादुर मल्ल,कोषाध्यक्षमा रचना सिंह ठकुरी, सह सचिव श्रीमति शान्ति सिंह मल्ल,सह कोषाध्यक्ष दुर्गा बहादुर हमाल,नि.अध्यक्ष पदेन सदस्यमा श्री राम बहादुर चन्द चयन भएका छन भने लेखासमिति तर्फ संयोजकमा बासुदेव मल्ल,सदस्यहरु सूर्य बहादुर मल्ल र राम बहादुर सेन चयन् भएका छन ।
ठकुरी महासंघ नेपालका अध्यक्ष खिम बहादुर शाहीको प्रमुख आतिथ्य र तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
तिलोत्तमा ४ डिङ्गरनगरमा भएको कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका मेयर खाँणले ठकुरी समाजका युवाहरुलाई उद्योग–व्यवसाय, रोजगार र आयमूलक क्षेत्रमा जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले ठकुरी समाजको आर्थिक, सामाजिक विकास र भवन निर्माणका लागि तिलोत्तमा नगरपालिकाले सहकार्य गर्ने भन्दै यसमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर चन्दले अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका सदस्य सोम बहादुर मल्लले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष धुर्ब प्रचण्ड सेनले आर्थिक वर्ष २०७८-७९ को कुल ३१ लख ९१ हजार २१ रुपैया ४६ पैसाको प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका संरक्षक जंगबहादुर शाहले ४ जना विद्यार्थीहरुलाई दश-दश हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यस्तै सल्लाहकार जंग बहादुर मल्ल, हिरा बहादुर शाह र कर्ण बहादुर मल्लले १०,१० हजारका दरले एक-एक जनालाई, सल्लाहकार खोम बहादुर सेनले एक जनालाई ५ हजारको छात्रवृत्ति प्रदान गर्नुभएको थियो । साथै समाजका कोषाध्यक्ष धुर्ब प्रचण्ड सेनले स्वोर्गिय आमाको सम्झनामा अक्ष्यकोष बनाई सोही रकम बाट ७५०० का दरले दुई जनालाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया