00:00:00
राष्ट्रिय

निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दै

बिहीबार चैत २३, २०७९/ Thursday 04-06-23

चैत २३, काठमाडौं
    वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गर्ने उल्लेख छ ।

उम्मेदवारी फिर्ता लिनका लागि आयोगले आज दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेहरूमध्ये ३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन् । 
 

तपाईको प्रतिक्रिया