00:00:00
खेलकुद

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै 

बिहीबार चैत २३, २०७९/ Thursday 04-06-23

चैत २३, काठमाडौं
   सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत आज दुई खेल हुँदैछन्  । लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा साविक विजेता मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मछिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ५ खेलमा ५ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ । हिमालयनविरुद्धको खेलमा मछिन्द्रमा हालै अनुबन्धित भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले खेल्ने सम्भावना रहेको छ । हिमालयन पनि दोस्रो जितको खोजीमा रहेको छ । हिमालयन ५ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आर्मी आज तेस्रो जितको योजनामा हुनेछ । आर्मी ५ खेलमा ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । थ्री स्टार पनि तेस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ७ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया