नमस्ते एकेडेमीको ५ औ बार्षिक उत्सव एवं अभिभावक दिवस सम्पन्न
२०७९ चैत्र २७
नमस्ते एकेडेमी तिलोत्तमा १४ को ५ औ बार्षिक साधारण सभा तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।
क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध विद्यालयले विभिन्न शैक्षिक एवं सास्कृतिक कार्यक्रम सहितका कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यालयका निर्देशक विष्णु प्रसाद भूषालले, सम्पूर्ण भौतिक पुर्वाधारले सुविधायुक्त नमस्ते एकेडेमीलाई क्याम्ब्रिज इन्टरनेसनल सर्टिफाइड पद्धतिमा अध्ययन अध्यापन गराउन पाउनु गौरबको कुरा भएको बताउनु भयो ।
विद्यालयका सहायक प्राचार्य लिलामणी पाण्डेयको संचालन र ब्रिटिश ग्रुपका स्कूल हेड अरुण कुमार कंडेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत, नृत्य लगायतका कार्यक्रम प्रस्तुत गरेका थिए भने सहभागी वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको स्कूलका सस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया