सियारिमा रहेको जय प्लास्टिक उद्योगमा आगलागी, विवरण आउन बाँकी
२०८० बैशाख ३
रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवाबजारमा रहेको जय प्लास्टिक इण्डस्ट्रिजमा आगलागी भएको छ। राती २ बजे तिर बिद्युत सर्किटमा सट भई लागेको आगो निभाउन भैरहवा, बुटवल र तिलोत्तमाको दमकलले बिहान निभाएको हो।
आगलागीमा परि मानवीय क्षति नभएपनी उद्योगमा भएका भौतिक संरचना, प्लास्टिकका कच्चा सामाग्री, मेसिन तथा अफिसका कागजात र काठका समान सबै जलेर नस्ट भएको संचालक बिजय खरेलले बताउनुभयो ।
उद्योगको पछाडीबात सल्केको आगॊ बढ्दै सबै कम्पनीमा प्रवेश गरेपछि बल्ल थाहा भएको स्थानियले बताएका छन्। गोदाम भित्र रहेको सबै सामग्री समेत जलेर नस्ट भएको थाहा हुने बित्तिकै स्थानिय र दमकलको सहयोगमा बिहान मात्रै आगो नियन्त्रणमा लिएको उद्योगका संचालक खरेलले बताउनुभयो ।
के कति जलेर नस्ट भएको हो भन्ने बारेमा अझै लेखाजोखा नभएको र पुरा विवरण आउन बाँकी रहेको सो कम्पनीमा प्लास्टिकका बोत्तल, जुस , हर्पिक, केमिकलका बोत्तल लगायतका सामाग्री उत्पादन हुँदै आएको थियो। सबै तयारी तथा कच्चा पदार्थ सहित भवन समेत जलेर नस्ट भएको आगलागी बारे दमकल र प्रहरीमा राती नै खबर गरिएको संचालक खरेलले जानकारी दिनुभयो।
तपाईको प्रतिक्रिया