00:00:00
राष्ट्रिय

पाँच वटा प्रदेशमा क्षणिक वर्षाको सम्भावना 

बिहीबार बैशाख ७, २०८०/ Thursday 04-20-23

बैशाख ७, काठमाडौं
   हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली , सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

तपाईको प्रतिक्रिया