बुटवल, ९ बैशाख
पर्यटन प्रवद्र्धनमा साईक्लिङलाई जोडेर लैजानुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा बुटवलमा भएको साइक्लिङ रयालीमा बोल्ने बक्ताहरुले पर्यटन विकासमा साईक्लिङको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।
कार्यक्रमको एक समारोहका बिच सुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले स्वस्थ्य जिवन जिउन नियमित साइक्लिङबाट शारिरीक ब्यायाम उपयुक्त हुने दाबी बताउनुभयो । उहाँले बुद्धजन्मस्थल लुम्बिनीको पर्यटनमा टेवा मिल्ने गरि साईकललाई जोडेर ३ तहकै सरकारले आवश्यक योजना ल्याउनुपर्ने सुझाव दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थी, हिमालयन ईन्टरियर प्रालिका बजार प्रमुख महेन्द्र ढकाल, श्री नं २२ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी खेमराज शर्मा, साईक्लिङ संघ रुपन्देहीका उपाध्यक्ष अभिषेक भारी, बुटवल साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, साईकल सिटी बुटवलका कोषाध्यक्ष बिमल बस्नेत, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष चन्द्र सुवेदी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठलगायतको सहभागिता रहेको रयालीमा बुटवल, भैरहवा, सैनामैना, नवलपरासी लगायतका ८० बढी साईक्लिष्टहरु सहभागी रहेका थिए ।
तपाईको प्रतिक्रिया