00:00:00
राष्ट्रिय

पर्सिसम्म नै हल्कादेखि मध्यम वर्षाको सम्भावना

सोमबार बैशाख १८, २०८०/ Monday 05-01-23


  
काठमाण्डौ  । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
 आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उहाँले बताउनुभयो । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ । भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ । यसले तराईका जिल्लामा गर्मी कम भएको छ ।  

तपाईको प्रतिक्रिया