00:00:00
खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै 

बिहीबार बैशाख २१, २०८०/ Thursday 05-04-23

बैशाख २१, काठमाडौं
   सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । आज दशरथ रङ्गशालामा मछिन्द्र क्लब र सङ्कटा क्लब दिउँसो ३ बजे खेल्नेछन् । यस्तै दिउँसो ३ बजे नै सशस्त्र प्रहरीको एपीएफ र न्यूरोड टिम एनआरटी एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्नेछन् ।

यसअघि हिजो भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभूवन आर्मीलाई १ गोलले हराएको थियो । यस्तै अर्को खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १ गोलले हराउँदा फ्रेन्ड्स क्लब चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित भएको थियो । 
 

तपाईको प्रतिक्रिया