तिलोत्तमा, बिन्दु भट्टराई
सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाको दोस्रो एकीकरण दिवसको अवसरमा बाँसघारी सेवा केन्द्र उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पश्चिम पहुनी बांसघारीमा स्थापना गरिएको सवैको बचत तथा ऋण सहकारी संस्थाको उद्धघाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले सानो आर्थिक कारोबारका लागि टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै वित्तीय पहँुच विस्तारलाई विकासको रुपमा फैलाउन पर्ने आवश्यक रहेको औंल्याउनुभयो ।
संस्थाका अध्यक्ष भरत भुसालको अध्यक्षतामा भएको कार्यक्रममा भुसालले बाहिरबाट आएका सहकारीले धेरै ब्याज दिन्छु भनेकै भरमा लगानी गरेका कारण लगानी सुरक्षित हुन नसकेको बताउनुभयो । उहाँंले आफू बसेको सहकारिका बारेमा चासो राखिराख्न अनुरोध समेत गर्नुभयो । भुसालले सहकारीलाई प्रजातान्त्रिक र बिधिसम्मत बनाउन हरसम्भव प्रयास रहेको जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष नारायण ढकालले बैंकसंग सहकारीलाई जोड्न नमिल्ने भन्दै बैंक र सहकारीको महत्व फरक भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सल्लाहकारहरू राजेन्द्रप्रसाद सुवेदी,खुमबहादुर थापा, लुम्बिनी बिशिष्टिकृत सहकारीका अध्यक्ष खगराज शर्मा, बांसघारी सेवा केन्द्रका अमृत भट्टरार्ई,देबिप्रसाद भुसाल संस्थाका सचिव देवानन्द पाण्डे लगायतले केही फिरन्ते सहकारीका कारण राम्रा सहकारीको बदनामि भएको भन्दै यसबाट सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
सवैको बचत तथा ऋण सहकारी संस्था एकीकरणको क्रममा हालसम्म १० वटा सहकारीसंग सहकार्य गरिसकेको छ । मुलुकमै नमुना सहकारीका रुपमा पहिचान दिने गरी संस्था अगाडि बढेकोे हरिहर पौडेलले बताउनुभयो ।
तपाईको प्रतिक्रिया