लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको स्ववियु निर्वाचन १४ गते
जेठ ४, रुपन्देही ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ । गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो । चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न दिएको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
विगतमा नेपाल विद्यार्थी संघको वर्चश्व रहँदै आएको चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत लुम्बिनी वाणिज्य क्याम्पसको पछिल्ला स्ववियु निर्वाचनहरुमा एमाले निकट अनेरास्ववियुले जित्दै आएको थियो ।
तपाईको प्रतिक्रिया