00:00:00
राष्ट्रिय

आज देशभरिकै मौसम पूर्ण रूपमा नखुल्ने

अधिकांश स्थानमा पानी पर्ने सम्भावना 
बिहीबार जेठ ४, २०८०/ Thursday 05-18-23

जेठ ४, काठमाडौं
   आज देशभरिकै मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । पश्चिमीसँगै स्थानीय वायु सक्रिय भएकाले आज घाम लाग्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यही प्रणालीको प्रभावले अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ भने केही ठाउँमा पानी पर्न रोकिएको छ । तर अहिले पानी पर्न रोकिएको ठाउँमा पनि दिउँसो फेरि पानी पर्ने उहाँले बताउनुभयो ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । 

तपाईको प्रतिक्रिया