जेठ ११, काठमाडौं
हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीलगायत पहाडी भू–भागको मौसम आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोसी, मधेश, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा भने हावाहुरीको सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया