00:00:00
स्थानिय

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, 

आइतबार जेठ १४, २०८०/ Sunday 05-28-23


तिलोत्तमा ।
लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको  बैठक आईतबार बस्दैछ ।

दोस्रो अधिवेशनको  दोस्रो बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०र८१ को ‘प्रदेश विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसै गरी २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। यसैगरी, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची छ।

शुक्रवारदेखि सुरु भएको प्रदेश सभाको दोस्रो अधिवेशनमा पहिलो दिन विभिन्न दलका नेताहरूले आफ्नो धारणा राख्दै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमुखी बनाउन सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया