00:00:00
स्थानिय

स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद

मंगलबार जेठ २३, २०८०/ Tuesday 06-06-23

२०८० जेष्ठ २३

 स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । सञ्चारिका समूह नेपाल रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा रूपन्देहीका स्थानीय तहमा रहेका उपप्रमुख र उपाध्यक्षहरुको एक वर्षको अन्तरालमा भएका कामका बारेमा पत्रकार महिलासंग छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले एक वर्षको अन्तरालमा महिलाका लागि धेरै काम गरेको बताउनुभएको थियो । ।आगामी दिनमा पत्रकार महिलाको अझ नजिक रहेर काम गर्ने प्रतिवद्धता पनि अर्यालले व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वर देवी चौधरीले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा बाहिर रहेर पत्रकारले निष्पक्ष पत्रकारिता गर्न जरूरी रहेको बताउनुभयो
त्यस्तै चौधरीले हरेक काममा प्रमुखकै मात्रै नाम अगाडी आउने तर उपप्रमुखको नाम आझेलमा पारीने भन्दै गुनासो पनि गर्नुभएयो ।

   सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले परिवर्तन एकैपटक नहुने र यसका लागि सोचमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो।  अधिकारीले विकास भनेको भौतिक संरचना र बाटोघाटो बनाउने मात्रै सोच रहेकोले अब मानसिक विकासमा बढी केन्द्रीत हुन जरूरी रहेको बताउनुभयो  ।

 त्यस्तै देवदह नगरपालिका उपप्रमख विद्या लक्ष्मी गुरुङले स्थानीय तहको धेरै जिम्मेवारी रहेको बताउदै महिलाका दोहोरो तेहेरो भूमिका रहँदा महिलाहरूलाई बोझ थपिएको तर पनि महिला इमानदार र पारदर्शी भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने बताउनुभयो । गैडहवा उपाध्यक्ष माधुरी जैसवालले आगामी दिनमा पत्रकार महिलाहरूलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोखरेलले जनप्रतिनिधिहरू मिडियामा आउनबाट डराउन नहुने बताउँदै विशेषगरी उपप्रमुख र उपाध्यक्षहरू मिडियामैत्री हुन जरूरी रहेकोमा जोड दिदै अबको निर्वाचनमा उप प्रमुख महिलाहरु मेयरको रुपमा देख्न चाहेको र सोहि अनुसार काम गर्न आग्रह गर्नुभयो ।

    सञ्चारिका समूह प्रदेश अध्यक्ष अमृता अनमोलले पनि उपप्रमुख तथा उपाध्यक्षहरूले अब आउने दिनमा अध्यक्षको दावी गर्न सक्ने गरि अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सञ्चारिका समूह रूपन्देही अध्यक्ष निरू गौतम , सल्लाहकारहरू रेखा भुसाल , इन्दिरा अर्याल , डब्लु डब्लु जे अध्यक्ष कल्पना तिवारी , महासचिव अस्मिना पाण्डे लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो । 

तपाईको प्रतिक्रिया