स्थानिय
तिलोत्तमा १०मा ट्याक्टरको ठक्करबाट एक बालक गंभिर घाइते
बुधबार जेठ २४, २०८०/ Wednesday 06-07-23
तिलोत्तमा, २०८० जेठ २४
तिलोत्तमा १० शान्तिनगरमा ट्याक्टरको ठक्करबाट एक बालक गंभिर घाइते भएका छ्न् ।
बुधबार बिहान ६ बजे माटो अनलोड गर्ने क्रममा लु २ च १३८४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठांउका १४ बर्षिय बादल परियार घाइते हुनुभएको हो । घाइते परियारको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको रवि परियारले बताउनुभयो ।
दुर्घट्ना पछी स्थानीयले दोषीलाई कार्वाहीको माग गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छ्न् । प्रहरीका अनुसार ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया