00:00:00
स्थानिय

प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाट

बिहीबार जेठ २५, २०८०/ Thursday 06-08-23


्र
बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहालले  लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ ।  दाहालले आइएमई समूहको लगानीमा निर्मित बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक सुरुवात गनुृृभएको हो ।

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो। सप्ताहव्यापी पूजा आराधनामा भारत गुहावटी र नेपालका ११  पण्डितले धार्मिक प्रवचन दिएका थिए। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रही आएको छ।

यस अगाडि केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। सम्झौताअनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम ती दुई पालिकाका लागि छुट्याउने छ।

 आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेपछि उक्त समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो। 

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको जानकारी दिनुभयो ।

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास गरिइएको छ। अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने आशा लिएको बताउनुभयो ।

लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको कूल लागत करिब  पाँच अर्ब छ। पहिलो चरणमा केबलकारमा  डेढ अर्ब लगानी भएको छ। टप स्टेशनमा पर्यटकका लागि ‘रेष्टुरेन्ट’ बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीपलाइन निर्माणका क्रममा छन्। मोनोकेवल डिट्याचेबल सिस्टमका २५  गोन्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ।

बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ।  गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया