क्रिमसन अस्पताल र सिद्धार्थ प्रिमियर इन्सोरेन्स लि.बीच सम्झौता
प्रकाश पाण्डे, तिलोत्तमा
२०८० असार ५
स्वास्थ्य सेवालाई थप बिस्तार गर्ने क्रममा रहेको तिलोत्तमा ५ मणिग्राममा अवस्थित क्रिमसन अस्पतालले काठमाण्डौस्थित बबरमहलमा केन्द्रिय कार्यालय राखी देशभर कारोबार गर्दै आएको सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडसँग क्यासलेस र्सिभस सेवा एवं स्वास्थ्य सम्झौता गरेकोे छ ।
सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडको तर्फबाट स्वास्थ्य सेवा लिन आउने क्लाईन्ट्स (आम सेवाग्राही) लाई सर्वसुलभ सेवा दिनेगरि तयार पारिएको स–शर्त समझदारी पत्रमा आइतबार अस्पतालका निर्देशक डा. शेखर पोख्रेल र सिद्धार्थ इन्सोरेन्सको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख यम प्रसाद तिवारीले हस्ताक्षर गर्नुभएको प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराईले बताउनुभयो ।
सहमति अनुसार बिरामी भै क्रिमसन अस्पतालमा उपचार गराउन आउने सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडका क्लाईन्ट्स (आम सेवाग्राही) लाई अस्पतालले सम्पूर्ण उपचार खर्च निशुल्क गरिदिने एवं सम्झौतामा उल्लेख भएअनुसार उपचार बापतको खर्च हुन आउने सम्पूर्ण रकम चाहि इन्सोरेन्सले अस्पताललाई भुक्तानी गर्नुपर्ने सम्झौता पत्रमा उल्लख छ ।
सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख यम प्रसाद तिवारी लगायतको सहभागिता रहेको थियो
तपाईको प्रतिक्रिया