00:00:00
राष्ट्रिय

पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुँदै

शुक्रबार असार १५, २०८०/ Friday 06-30-23

२०८० असार १५

  पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुँदै छ । गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुन लागेको हो । भेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने कार्यक्रम तय भईसकेको छ ।

मन्त्रीहरुले दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन् । कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएकाले भेलामा वहाँ आउने नआउने भन्ने बारेमा अन्यौल कायमै रहेको छ ।

  गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्नेछ ।

यो मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरुको भेला भएको थियो ।

 

तपाईको प्रतिक्रिया