00:00:00
स्थानिय

लगातारको बर्षाले  पहिरो खसी पाल्पाका विभिन्न सडकहरु बन्द

शनिबार असार १६, २०८०/ Saturday 07-01-23


कृष्ण पोखरेल 
तानसेन १६ असार 
दुई दिन  देखी लगातार परेको अविरल वर्षाले  पाल्पाका विभिन्न सडकहरु पहिरो खसी अवरुद्ध भएका छन । सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राम्दी देखी रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरुद्ध भएको छ । लेदो हटाउन  २ वटा मेशिन तयारी अवस्थामा रहेपनि लगातारको बर्षाको कारण काम गर्न कठिनाई भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताए ।

तानसेन रिडी सडक खण्डकको ढुङ्गाखानीको तिन लाकुरी खण्डमा पहिरो झरी सडक अवरुद्ध भएकोमा सडक खुलाउने प्रयास भईरहेको पाल्पा प्रहरीले जनाएको छ । तानसेन रानीमहल सडक खण्डको रानीमहल माथी पहिरो खसी सडक अवरुद्ध भएको छ । तानसेन बुटवल सडकखण्डको सिद्धवावा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरो पन्छाएर एकतर्फी सडक सचानमा आएको  डिभिजन प्रमुख निरौलाले बताए । 
राजमार्ग क्षेत्र बुटवल तानसेन सडकखण्डको  हिउदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बतुङ्गमा जेसिवी आर्यभञ्ज्याङ्ग लोडर सहित जनशक्ती तयारी अवस्थामा राखेर अवरुद्ध भएको क्षेत्रमा ढिलोमा १ घण्टा भित्र पुग्ने गरी व्यबस्थापन मिलाएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख निरौलाले बताए । 

पुर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडक पहिरो झरी बन्द भएको ताहु प्रहरी चौकीले जनाएको छ । आर्यभञ्ज्याङ्ग रामपुर सडकको बेलडाडामा खसेको पहिरो डोजरले हटाई सडक सूचारु गरेको प्रहरी चौकी जप्कादीले जनाएको छ । 


 

तपाईको प्रतिक्रिया