राष्ट्रिय
लुम्बिनी प्रदेशका केही स्थानमा सोमबार हल्कादेखि मध्यम वर्षाको सम्भावना
सोमबार असार १८, २०८०/ Monday 07-03-23
तिलोत्तमा ।
लुम्बिनी प्रदेशका केही स्थानमा सोमबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुनेछ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको समेत अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया