00:00:00
स्थानिय

तिलोत्तमा मा पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार

शुक्रबार श्रावण १२, २०८०/ Friday 07-28-23

तिलोत्तमा २०८० साउन १३

      रुपन्देहीको तिलोत्तमा नगरपालिका मा पाठ्य पुस्तक रहित सिर्जनशील शुक्रवार कार्यक्रम लागु भएको छ।

तिलोत्तमा नगरपालिका ले विहिवार सुचना जारी गर्दै नगर भित्र का सम्पुर्ण सामुदायिक तथा संस्थागत विधालय हरु मा प्रत्येक शुक्रवार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम संचालन गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको हो ।

शुक्रवार लाई पाठ्यपुस्तक रहित शुक्रवार गर्ने निर्णय भएको ले  नगर क्षेत्र भित्रका सम्पुर्ण सामुदायिक तथा संसंथागत विधालय हरु लाई उच्च प्राथमिकता साथ अगाडी वढाउने र प्रत्येक शुक्रवार कला, योग शिक्षा, साहित्य, संगित ,खेलकुद लगाएत का सृजनात्मक कार्य हरु र इमान्दारिता, अनुशासन, सदाचारिता सम्वन्धि व्यवहारिक शिक्षा प्रदान गर्न जानकारी गराएको छ।

   तिलोत्तमा नगरपालिकाको आ।व। २०८० /८१ को लागि प्रस्तुत एवम् स्वीकृत गरीएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार (Creative Friday Without Text Books) लाई नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भनी उल्लेख भएको छ

तपाईको प्रतिक्रिया