00:00:00
स्थानिय

थोर्गा रुपन्देही सम्पर्क समाजको तिलोत्तमामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

शनिबार श्रावण १३, २०८०/ Saturday 07-29-23

तिलोत्तमा - २०८० साउन १३

    रगतको मागलाई सहज गराउने उद्देश्यका साथ थोर्गा रुपन्देही सम्पर्क समाजको तिलोत्तमामा शनिबार सामुहिक रक्तदान कार्यक्रम गरिएको छ ।

समाजको नियमित पांचौं कार्यक्रममा तिलोत्तमा रक्तदाता समाज र लायन्स क्लब अफ तिलोत्तमा सुर्यमुखीको सहकार्यमा रक्तदान गरिएको हो । रक्तदान नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा तिलोत्तमा नगरको जानकीनगरमा गरिएको थियो ।

  वडा नं २ का वडाअध्यक्ष दिल बहादुर भट्टराईले कार्यक्रमको उदघाटन गर्दै सामाजिक उत्तरदायित्वमा युवाहरुको अगुवाई जरुरी रहने बताउनुभएको थियो ।

  लायन्स ईन्टरनेश्नल ३२५ पि डिष्ट्रिकका सेकेन्ड भिडिजी बालाराम भट्टराई, थोर्गा रुपन्देही सम्पर्क समाजका अध्यक्ष ओम ज्ञवाली, तिलोत्तमा रक्तदाता समाजका गोबिन्द बन्जाडे, लायन्स क्लब अफ तिलोत्तमा सुर्यमुखीका अध्यक्ष सोनु थापाको उपस्थिती रहेको कार्यक्रममा ५० युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक अरुण पन्थीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया