00:00:00
स्थानिय

अटो रिक्सामा सिमेन्ट र गिट्टी बालुवा लिएर खाल्डो पुर्दै बिबेक

आइतबार श्रावण २१, २०८०/ Sunday 08-06-23

तिलोत्तमा- २१ साउन २०८०

   गरे के नहुने रैछ र ? सानो-सानो काममा ठुलो खुसी हुन्छ , यसको उदाहरण मणिग्रामका बिबेक भण्डारीलाई दिंदा फरक नपर्ला । हुनत, बिबेकको बारेमा फेरी भन्नु त नपर्ला ! कक्षा १२ मा राममणी क्याम्पसमै पढ्दा देखि उनि एक व्यवसायिक बिद्यार्थी बनेका थिए ।

   बिहान क्याम्पस पढ्थे अनि दिनभर अटो चलाएर आफ्नो र परिवारको खर्च धान्थे। हो, उनै बिबेक भण्डारीको एक अभियन्ताको यात्रामा अहिले मणिग्राम देवदह सडक खण्ड परेको छ। आफु दिनहू हिड्ने सडकका खाल्डाखुल्डीले धेरै दुर्घटना निम्त्याएपछि बिबेकले आफ्नै खर्चमा अटोमा सिमेन्ट, ढुंगा, गिट्टी र बालुवा अनि कराई र कर्नी लिएर हिड्छन, अनि खाल्टो देख्ने बित्तिकै ओर्लेर आफै सिमेन्ट बनाएर खाल्डो पुर्छन।

   यो दृश्य मणिग्राम देखि पुर्व शिवपुर सडकमा हिड्दा देखिन्छ । बिबेक आफैमा बिकास प्रेमी व्यक्ति पनि हुन्। बिबेकले तिलोत्तमाका विभिन्न समसामयिक घटनालाई नजिकबाट जोडिएर न्यायका लागि आवाज उठाउदै पनि हिडेका छन्।

     दैनिक १० पटक यही बाटो ओहोर दोहोर गर्ने जनप्रतिनिधिले यो बाटो बनाउछन कि, मर्मत गर्छन कि भन्ने लागेको थ्यो तर त्यो भएन,- उनले दु:ख व्यक्त गर्दै भने। सानो लगानीमा पनि ठुलो ठुलो खुसी खोज्ने बिबेकले तिलोत्तमाका अन्य ठाउँमा पनि बिस्तारै खाल्डो पुर्ने बताएका छन्।

  उनलाई यस कार्यमा मसला बनाइदिने र सघाउने काम हालसम्म बाटोमा जो भेटिन्छ उनीहरुलेनै गरेका छन्।  तिलोत्तमा वडा नम्बर-९ मा बस्दै आएका उनी एक सफल बिद्यार्थी र यस क्षेत्रको अभियन्ता र अटो चालकको रुपमा चिनिन्छन। 

तपाईको प्रतिक्रिया