00:00:00
स्थानिय

बुटवल–पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध

सोमबार श्रावण २९, २०८०/ Monday 08-14-23

तिलोत्तमा । 
३ दिन देखि परेको वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिस माइलमा सडक माथिबाट पहिरो झरेको छ । 

दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमल थापाले पहिरोका कारण गए राती १२ बजेदेखि सडक अवरुद्ध भएको बताउनुभयो । उहांले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भए पनि सडक खुली नसकेको  जानकारी दिनुभयो  । 

पहिरोसँगै सडकमा रुख ढलेर अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सयौँ सवारी साधन बीच बाटोमा रोकिएका छन् । थापाले यो सडक खण्डमा वर्षासँगै हरेक दिनजसो पहिरो जाने गरेको भन्दै जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गर्नुभयो  । 

तपाईको प्रतिक्रिया