झरना स्पोर्टस क्लब तिलोत्तमा ६ कुञ्जलापुरको ६३ औँ साधारणसभा सम्पन्न
शारदा शाही ठकुरी,तिलोत्तमा
२०८० भदौ ०२
झरना स्पोर्टस क्लब तिलोत्तमा ६ कुञ्जलापुरको ६३ औँ साधारणसभा मगर भावनामा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष गंगा प्रसाद रानाको अध्यक्षता, वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख अतित्थयता भएको कार्यक्रममा अध्यक्ष पाठकले तिलोत्तमामा थुप्रै क्लबहरु स्थापना भएपनि निरन्तरता दिन नसकेका कारण हराएर गएको स्मरण गर्दै झरना क्लबले ६३ औँ साधारणसभा मनाउन सक्नु ठुलो सफलता प्राप्ति भएको बताउनुभयो । उहांले क्लवले खेल क्षेत्रलाई अझै फराकिलो बनाउंदै यस क्षेत्रका युवाहरु खेलकुद संगै सामाजिक काममा पनि अगाडि बढ्नुपर्ने समेत सुझाव दिनुभयो । अध्यक्ष पाठकले क्लबले चाहेमा सधैँ सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
क्लबका निर्वतमान अध्यक्ष तथा रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले अहिलेसम्म खेल्दै आइरहेको फुटबल प्रतियोगितालाई खेलमा प्रतिस्पर्धा बढेसंगै परिवर्तन गर्नुपर्ने औल्याउदै क्लव गोल्ड कपको तयारीमा लागेको बताउनुभयो । त्यस्तै क्लबका अध्यक्ष गंगा रानाले क्लबको प्रतिवेदन प्रस्तुत गर्दै आफुहरु ३५ औँ झरना रनिङ्ग शिल्ड फूटबल प्रतियोगिताको तयारीमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा रिभर साईड क्लब, गिता क्लब, न्यू सिर्जना क्लब,सम्झना परिवार क्लब, डि.एम.सि क्लब लगायतका विभिन्न क्लबका प्रतिनिधिहरुले झरना क्लबले रुपन्देहीमा मात्र नभई खेलको माध्यमबाट अन्तराष्टिय जगतमा समेत चिनाउने काम गरेको बताएका थिए।
यसैगरी कोषाध्यक्ष निर्मल थापाले क्लबको वार्षिक आय व्यय प्रस्तुत गर्नु भएको कार्यक्रममा सचिव सिजन थापाले स्वागत मन्तव्य राखनुभएको थियो भने कार्यक्रमको सञ्चालन ओम प्रकाश थापाले गर्नुभएको थियो । कार्यक्रममा ५ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला तथा मायाको चिनोले सम्मान समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया