सबैको बचत तथा ऋण सहकारीका शेयर सदस्यलाई क्रिमसन अस्पतालमा छुट
प्रकाश पाण्डे,तिलोत्तमा
२०८० भदौ ८
मणिग्राममा अवस्थित क्रिमसन अस्पताल तथा तिलोत्तमा ५ मणिग्राम मै केन्द्रिय कार्यालय राखी कारोबार गर्दै आएको सबैको बचत तथा ऋण सहकारी सस्था लिमिटेड बिच स्वास्थ्य सम्झौता भएकोे छ ।
आम जनसमुदायको स्वास्थ सेवामा सर्वसुलभ पहुच बढोस भन्ने उद्धेश्यले स्वास्थ्य सम्झौता गरिएको अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो । तेस्तै सहकारीका अध्यक्ष भरतराज भुसालले सस्थामा आबद्ध शेयर सदस्यलाइ सहज स्वास्थ्य सेवा उपलब्धताका लागि स्वास्थ्य सम्झौता गरिएको प्रतिक्रिया दिनुभयो ।
क्रिमसन अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र सबैको बचत तथा ऋण सहकारी सस्था लिमिटेड बिच स–सर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो । सम्झौतासंगै अब सबैको बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा आबद्ध शेयर सदस्यले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । त्यसका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ ।
कार्डले सधैका लागि काम गर्नेछ । यसैगरि स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरेको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । सेवाग्राहीले बिशेषाधिकार कार्ड बनाउन व्यक्तिगत बिवरण र एकप्रति फोटो सहित आफै अस्पतालमा आउनुपर्ने अस्पताल प्रशासनले जनाएको छ ।
सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, अस्पतालका निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, सबैको बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तर्फ़बाट अध्यक्ष भरतराज भुसाल, तथा हरिहर पौड्याल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया