00:00:00
स्थानिय

कुशको शव बनाएर औषधी ब्यवसायी गंगा ढकालको अन्त्येष्टि गरिदै

शनिबार भदौ ९, २०८०/ Saturday 08-26-23

तिलोत्तमा २०८० भदौ ९

     बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शब फेला नपरेपछि आफन्तलेकुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन् ।

 ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका ढकालले चितवनको नारायणी नदिबाट हाम फालीबेपत्ता भएका थिए । गत शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रगइन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री आइरहेका थिए ।

  गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाईन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताए पछी कुशको शब बनाएर दाहसंस्कार गर्न लागिएको औषधीब्यबसायी बाबुराम भट्टराईले बताउनुभयो । ढकाल आईतबार साँझ सवा ७ बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदिमा देखिएको आधारमा चितवन प्रहरीले ढकालको खोजी गरिरहेको थियो । तर पनि भेट्टाउन भने सकेनन ।

    २ जना युवतीले एक जना पुरुष पुल बाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको र त्यहि आधारमा हामफाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताईएको छ । ब्यवसायी भट्टराईले देबघाटमा उनको हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्न लागिएको बताउनुभयो  । आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायीहरु भनाइ छ।

 सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ बाट परिवार बसाइँसराइँ गरी २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेका थिए । ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरीबुटवलमा औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए । ७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता समेत हो ।

 

तपाईको प्रतिक्रिया