00:00:00
स्थानिय

शान्तिवन टोल बिकास संस्थाको तेस्रो वार्षिक साधारण सभा तिलोत्तमा ८ मा सम्पन्न

आइतबार भदौ २४, २०८०/ Sunday 09-10-23

तिलोत्तमा,बन्दु भट्टराई 
शान्तिवन टोल बिकास संस्थाको तेस्रो वार्षिक साधारण सभा तिलोत्तमा ८ मा शनीबार सम्पन्न भएको छ । टोल विकास संस्थाले भौतिक साथै सामाजिक  परिवर्तन ल्याउन सकिनेमा कार्यक्रममा जोड दिइएको हो । 
कार्यक्रममा प्रमुख अथिती नगरपालिकाका प्रमुख रामकृष्ण खांडले भौतिक बिकासमा शहरजस्तो र मानविय बिकासमा गांउजस्तो सामाजिक अपनत्व दर्शाउनेकिसिमको सभ्य नागरिक बस्ने शहरको रुपमा तिलोत्तमालाई विकास गर्ने गरी नगरपालिका लागेको बताउनुभयो । उहाले नगतपालिका शरीर र टोलबिकास संस्थाहरु मुटु भएको भन्दै सामाजिक सद्भाव बढाउने कार्यमा हातेमालो गर्न टोलबिकास संस्थाले भुमिका निर्वाह गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।  उहांले हार्दिकता बढाउने काममा अग्रसर बन्ने गरि संस्था लाग्न सक्नुपर्नेमा जोड दिनुभयो । टोललाई गतिशिल र कृयाशिल बनाउंन नगरपालिकाबाट गर्न सक्ने सहयोग मिल्ने प्रतिवद्धता जनाउंदै खांडले तिलोत्तमा नगरपालिकामा सिमित स्रोत साधन भएपनी  ठुला र महत्वपुर्ण काम गर्दै आएको समेत दावी गर्नुभयो ।  

त्यस्तै कार्यक्रममा  बिशिष्ट अतिथि तिलोत्तमा ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले भौतिक विकासका कुरा बढी भयो भन्दै गर्दा वडाका  केहि स्थानमा बर्षामा विद्यालय जान आउन समेत अप्ठ्यारो रहेकोले तत्काल त्यो समस्या समाधानका लागि आवश्यक काम अगाडि बढाउनुपर्ने खांचो औल्याउनुभयो ।  

संस्थाका अध्यक्ष तुल्सीराम कंडेलले वार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै कार्यक्रममा  टोलको बिकासमा यो संस्था निरन्तर अगाडि बढेको भन्दै आगामि दिनमा अझै सकृय भएर लाग्ने बताउनुभयो । टोलमा झवाट्ट  नदेखिने तर महत्वपुर्ण काम भएको र अव देखिने गरी काम गर्ने योजना रहेको समेत कंडेलको भनाई छ । उहांले नगरबिकासमा टोलसंस्थाको भुमिकाको मुल्यांकन गर्नुपर्नेमा नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो  । 

त्यस्तै कोषाध्यक्ष चन्द्रकला लामिछानेले आयब्याय प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका सल्लाहकार मोहनराज शर्माले  सामुहिकता,  भातृत्व र सहकार्यले नै टोलबिकास संस्था नमुना बन्ने बिश्वास ब्यक्त गर्नुभयो । निवर्तमान अध्यक्ष नारायण न्यौपाने, ंवास सहकारी संस्थाका उपाध्यक्ष ठानेश्वर चापागाइ ,प्राचार्य गोबिन्द पंगेनी लगायतले बोल्नुभएको कार्यक्रम ईश्वरीमाया अर्यालको स्वागत र संस्थाका सचिव पारेश्वर उपाध्यायको संचालनमा सम्पन्न भएको हो । 
 

तपाईको प्रतिक्रिया