सुशासन र पारदर्शीता विना सहकारी अगाडी बढ्न नसक्ने
तिलोत्तमा, १८ कात्तिक ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष तारानाथ कंडेलले सुशासन र पारदर्शीता विना सहकारी अगाडी बढ्न नसक्ने बताउनुभयो । शनिबार आयोजित संस्थाको २८ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनमा कंडेलल एफइसी सहकारी सुशासन र पारदर्शीतामा अव्वल बन्दै गएको बताउनुभएको हो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कंडेलले सहकारीका मूल्य, मान्यता अनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले प्रभावकारी देखिएको उल्लेख गर्दै सहकारीले प्रभावकारी वित्तीय सेवा दिएको दावी गरे ।
कार्यक्रममा बोल्दै सहकारीका जेष्ठ सदस्य हरिप्रसाद ज्ञवालीले पारदर्शीताले नै सहकारीको भविष्य निर्धारण गर्ने भएकाले यसतर्फ लाग्न सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गरे । साधारणसभामा संस्थाका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेलले बैंकको विकल्पमा सहकारीले सेवा दिएका भन्दै कार्यक्षेत्र, सदस्य, पुँजी, कारोबारमा सहकारीले दायरा फराकिलो बनाएको बताए ।
सचिव निरज कँडेलले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरिरहेका कामहरु र भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए । त्यस्तै कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सुशासनलाई मुख्य प्राथमिकता दिएकै कारण सदस्यहरुको भविष्य सुरक्षित रहेको बताए ।
लेखा समिति संयोजक युवराज पाठकले परिवर्तित समय अनुसार बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले डिजिटल कारोबारलाई सहकारीले प्राथमिकता दिएको भन्दै बचत तथा ऋणको कारोबार गर्ने सहकारी प्रविधि प्रयोग गरेर वित्तीय पारर्शितामा अब्बल बन्न सफल भएको बताए ।
कार्यक्रममा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवाली,संस्थाका वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, सदस्य बेदप्रसाद कंडेल, इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुव धिताल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष शारदा पंगेनी, कुन्जपार्कका लोक पुन, साना किसान सहकारीका अध्यक्ष झुपा न्यौपाने, संस्थाका शेयर सदस्य रवि पोखरेल, रेडियो लुम्बिनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपाने, सम्मानितहरुको तर्फबाट सुमित ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा संस्थाका जेष्ठ सदस्य झविलाल पाण्डे, अन्तर्राष्ट्रिय कराँतेमा गोल्डमेडल बिजेता सहकारीका बाल बचतकर्ता सम्यक कंडेल, अन्तर्राष्ट्रिय कराँतेमै उपाधि बिजेता शेयर सदस्य शिवानी लम्साल, उत्कृष्ट कारोवारी घनश्याम पौडेल, उत्कृष्ट बचतकर्ता अशोककुमार शर्मा अर्याललगायत विभिन्न शैक्षित क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया