00:00:00
अर्थ/वाणिज्य

तिलोत्तमा मेला आजबाट शुरु हुदै

मेलाको संघीय सांसद एवं काङ्ग्रेस केन्द्रिय सदस्य डा. चन्द्र भन्डारीले उदघाटन गर्नुहुने
शुक्रबार मङ्सिर १, २०८०/ Friday 11-17-23

तिलोत्तमा । मंसीर १ गते । तिलोत्तमा  उद्योग वाणिज्य सङ्घ रुपन्देहीको  आयोजनामा आजबाट तिलोत्तमाको मणिग्राममा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा  कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८० ’ को तयारी करीब करीब पुरा भएको छ ।

सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ आगामी मंसिर १२ गतेसम्म संचालन हुने मेलामा गेट, सचिवालय, मञ्च, स्टललगायतका निर्माण कार्य सकिएको छ । मेलाको उद्घाटन आज प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भन्डारीले गर्ने कार्यक्रम तय भएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा  उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बताउनु भयो ।

मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था , टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी सहित प्रभात फेरि कार्यक्रम गरिने प्रकाशन,  जनचेतना र्याली श्रब्य दृष्य ब्यवस्थापन समितिका संयोजक हरिलाल पान्डेले बताउनु भयो । प्रभात फेरि कार्यक्रम मेला सचिवालयबाट कफि कम्पनी, मणिग्राम चोक, कृमसन अस्पताल हुँदै   मेला सचिवालयमा पुगेर समापन हुने र उत्कृष्ट झाकी प्रदर्शन गर्ने समुहलाइ प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारको ब्यवस्था गरिएको संयोजक पान्डेले बताउनु भयो ।

मेलामा  मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताउनु भयो । प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम  तथा सेमिनार समितिका संयोजक सुरज पगेनिले जानकारी गराउनु भयो ।

मेलामा बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् । मेला तथा महोत्सवलाइ  मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता,  प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ । 

तपाईको प्रतिक्रिया