00:00:00
स्थानिय

ईलाका प्रहरी कार्यालय बुटवलमा चिकित्सकहरुद्धारा धर्ना 

बिहीबार मङ्सिर १४, २०८०/ Thursday 11-30-23


बुटवल, १४ मंसिर ।
ईलाका प्रहरी कार्यालय बुटवलमा चिकित्सकहरुले धर्ना दिएका छन् । मंगलबार दिउसो आम्दा अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित मृतक परिवारबाट चिकित्सकमाथि भएको दुब्र्यवहारको विरोधमा आज ईलाका प्रहरी कार्यालय बुटवलमा चिकित्सकहरुले धर्ना दिएका हुन ।

नेपाल चिकित्सक संघ ,नेपाल मेडिकल एशोसिएशन, नेपाल फार्मेसी संघ, नेपाल स्वस्थ्य प्राविधिक संघ,मेलान, निजी अस्पताल ब्यवसायी संघ ,आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आवद्घ संस्थाहरुले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग उनीहरुको छ । 

कुटपिटका क्रममा पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको आम्दा अस्पतालले जनाएको छ  । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको  ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले  बताउनुभयो ।

तपाईको प्रतिक्रिया