00:00:00
स्थानिय

देवदह साझेदारी वन उपभोक्ता समूहको ७ औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार मङ्सिर १६, २०८०/ Saturday 12-02-23

तिलोत्तमा,१६ मंसिर ।
देवदह साझेदारी  वन उपभोक्ता समूहको ७ औं वार्षिक साधारण सभा तिलोत्तमा ८ करहैया वनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा डिभिजन बन कार्यालय रुपन्देहीका  डिभिजन प्रमुख प्रभात सापकोटाले साझेदारी भित्रै छाडा चौपाया ब्यवस्थापन, आगलागि,चोरी निकासी जस्ता विषयलाई ब्यवस्थापन गर्दै लैजाने कुरा प्रतिवेदनमा समेटेको भन्दै प्रशंसा गर्नुभयो । उहांले वनलाई संरक्षण संवद्र्धन र विकासलाई प्राथमिकता दिदै काम गर्नुपर्ने सुझाव दिनुभयो । सापकोटाले नियमका परिधीभित्र रहेर उपभोक्तालाई सहज र सरल सेवा दिन आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा लुम्बिनी साझेदारी बनका उपाध्यक्ष केशरबहादुर क्षेत्रीले  देवदह साझेदारी वन र लुम्विनी साझेदारी वन दाजुभाई जस्ता भएकोले एक अर्काका समस्या बुझेर सहकार्यमार्फत काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

करहैया सामुदायिक वनका  अध्यक्ष हरिलाल पाण्डे,जयप्रकाश गुप्ताले साझेदारी वनमा परिणत भैसकेपछि वनमा देखिएका केही समस्या टर्न सकेको दावी गर्नुभयो । 

त्यस्तै  पुर्व ब्यवस्थापन समिति सदस्य मोहन कुमार कनौजेले देबदह वन क्षेत्र अतिक्रमण भैराखेको भन्दै संरक्षण नभएको अवस्थामा यसमा जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । कनौजेले बढ्दो चोरी निकासिका बारेमा वन उपभोक्ता समुहलाई ध्यानाकर्षण गराउनुभयो ।

 त्यस्तै साझेदारी वनका अभियान्ता ध्रुवकुमार धितालले सिमित स्रोत साधनलाई ब्यवस्थापन गर्नेगरी सवै संरक्षणतर्फ नलागेसम्म वनका समस्या समाधान हुन नसक्ने बताउनुभयो ।

 देवदह साझेदारी  वन उपभोक्ता समूहका अध्यक्ष अकबल खांले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा  साझेदारी वन अभियानकर्ता युबराज न्यौपानेले स्वच्छ बाताबरण, मानव जीवनको स्वस्थ पद्धतीसंग जोडिएकोले वन जोगाउं अभियानमा एकजुट हुनुपर्ने खांचो औंल्याउनुभयो । कार्यक्रममा नवलकिशोर सिं,सरोज पाण्डे, बुटवल १० का परिषद सदस्य कला केसि ,परिषद सदस्य पुरुषको तर्फबाट उमानाथ कंडेल लगायतले जस्तोसुकै  काममा पनि   चुनौती रहने भन्दै त्यसको सामनाका लागि साझेदारि बढाउदै जानुपर्ने खांचो औंल्याउनुभएको थियो ।

संस्थाका  उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत मन्तब्य र संस्थाका सचिव तथा तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्विनीका उपाध्यक्ष अर्जुनराज उपाध्यायको संचालनमा भएको कार्यक्रममा ब्यवस्थापनका कर्मचारीलाई सम्मान समेत गरीएको थियो । कार्यक्रममा ३५ वडाका प्रतिनिधी सहभागि थिए । 
 
 

तपाईको प्रतिक्रिया