00:00:00
स्थानिय

सिद्धार्थ संजाल रुपन्देहीले आजदेखि बृहत प्रर्दशन गर्ने

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल पुर्णरुपमा संचालनको माग
शुक्रबार मङ्सिर २२, २०८०/ Friday 12-08-23

तिलोत्तमा । मंसिर २२ गते । सिद्धार्थ संजाल रुपन्देहीले आजदेखि  दबाब स्वरुप बिरोधका विभिन्न कार्यक्रम गर्ने जनाएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल पुर्णरुपमा संचालन हुन नसकेपछि संजालले बिरोध प्रर्दशन गर्दै बिमानस्थल पुर्ण रुपमा संचालनको माग सहित जनआन्दोलन गर्ने घोषणा गरेको हो ।

विगत लामो समयदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा रुपन्देहीको ब्यवसायिक, औद्योगिक तथा पर्यटकिय लगायतका क्षेत्रमा गरिएको लगानी जोखिममा परेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रनुपरेको सिद्धार्थ संजाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिनु भएको छ । उहाका अनुसार आज बिहान ११ बजे भैरहवाको देवकोटा चोकबाट बृहत प्रर्दशन रयाली सुरु भइ बजार परिक्रमा गर्दै बुद्धचोकमा पुगेर कोणसभामा परिणत हुुनेछ ।

रयालीमा हजारौ जनसहभागिता रहने अध्यक्ष ज्ञवालीले बताउनु भयो । उहाले यो पहिलो धक्का भएकोले रयालीमा सहभागी हुन रुपन्देहीको बुटवल, देवदह, लुम्बिनी ,मायादेवी, तिलोत्तमा, सियारी लगायत नवलपरासी क्षेत्रका सम्पूर्ण नागरिक समाज, बुद्धिजीवि, उद्योगी, व्यवसायी, राजनीतिज्ञ तथा सम्पूर्ण नागरीकजनमा आग्रह गरीएकोे बताउनु भएको छ । यसको तयारीको लागी बिभिन्न उपसमितीहरु गठन गरीएको उहाले जानकारी दिनु भयो ।

उहाले आफनो अध्यक्षता तथा चन्द्रप्रकाश श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यिय मुल संघर्ष समिती गठन गरेको बताउनु भयो । १०१ सदस्यिय सल्लाहकार समिती जसमा सबै संघसंस्थाका अध्यक्ष तथा राजनितीकदलका अध्यक्षहरुलाई सल्लाहकार समितीमा राखिएको छ । १६ वटा विभिन्न उपसमितिहरु तथा ११ सदस्यीय प्रचारप्रसार समिती समेत गठन गरीएको उहाले जानकारी दिनु भयो ।

उहाले दबाबमूलक कार्यक्रम अन्तर्गत भोलि २३ गते तयारी संगै २४ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडी धर्ना कार्यक्रम र २५ गते देखी सबै एयरलायन्सहरुलाई टिकट नकाटन अनुरोध गरिए संगै मंसिर २५ गतेदेखि विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम रहेकोले यो कार्यक्रम एकदमै शान्त र कुनै पनि किसीमको आग्रह पुर्वाग्रह नरहने समेत बताउनु भएको छ ।
 

तपाईको प्रतिक्रिया