00:00:00
स्थानिय

आज रुपन्देहीको मौसम बिहानैदेखि धुम्म, क्रमश दिउँसो मौसम खुल्ने सम्भावना 

शुक्रबार मङ्सिर २२, २०८०/ Friday 12-08-23

तिलोत्तमा । मंसीर २२ गते । आज बिहानदेखि धुम्मिएको रुपन्देहीको मौसम अब भनखुल्दै जाने अनुमान गरिएको छ । रुपन्देहीमा केहीदिनयता मौसम धुम्म हुने र घाम राम्रोसँग नलाग्ने भैरहको छ ।

तर दिउँसोेबाट क्रमश मौसम खुल्दै जाने अनुमान मौसमविदहरुले गरेका छन । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मौसम धुम्म हुँदा खासै चिसो बढ्दैन । मौसमविद् नगरकोटीका अनुसार बेलुकीबाट भने मौसम खुल्दै जाने छ । मौसम सफा हुँदै गएपछि भोलिदेखि थप चिसो बढ्ने मौसमविद् नगरकोटीले बताइन ।

आज रुपन्देहीको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम २० देखी २७ सम्म पुग्ने पूर्वानुमान गरिएको छ । 
 

तपाईको प्रतिक्रिया