तिलोत्तमा । मंसिर २४ गते । आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, रुपन्देहीसहित देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रिय मानवअिधकार आयोग, सरकारी र अन्य गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।
आयोगले हरिहरभवनस्थित प्रांगणमा अहिले बिहान पौने १० बजे विषेश कार्यक्रम गर्दैछ । यो वर्ष ‘भविश्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔं’ भन्ने नारा तय गरेको छ । संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरेको दिनको अवसरमा सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो ।
यसैबीच दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले शुभकामना सन्देश जारी गर्नुभएको छ् । राष्ट्रपति रामचन्द्र पौंडेलले शुभकामना सन्देश जारी गर्दै मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ ।
उहाँले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुन नहुनेमा जोड दिनुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पछिल्ला वर्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया