हुस्सु कुहिरो लागेका बेला यात्रामा निस्कँदा या मर्निङवाक गर्दा सावधानी अपनाउन सुझाव
तिलोत्तमा । मंसिर २९ गते । बिहान हुस्सु कुहिरो लाग्न थालेकाले यात्रा गर्दा वा मर्निङवाक गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्न थालेको छ ।
हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी घट्ने र यस्तोबेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद् सञ्जीव अधिकारीको सुझाव छ । यसैबीच रुपन्देही लगायतका पचिमी नेपालका तराइका जिल्लाहरुमा आज बिहानैबत्त घाम लागेको छ । दिउसो घाम लागेर न्यानो महसुस गरिएपनि रुपन्देहीमा बिहान साझा चिसो बढ्ने क्रम भने जारि नै रहेको छ ।
तिलोत्तामामा आज बिहान न्यूनतम तापक्रम १२ डिग्री सेल्सियेश मापन गरिएको छ भने बुटवलमा आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियेश मापन गरिएको थियो । रुपन्देहीमा अझ केहि दिन पानि पर्ने सम्भावना नरहेको मौसमविद अधिकारीले जानकारी दिनुभयो । पहाडी क्षेत्रको मौसम दिउँसो आंशिक बदली हुनेछ ।
यस्तै, पुर्बी तराईमा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने मौसमविद्ले बताएका छन् । हुस्सु कुहिरो लागेका बेला तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ । यस्तै, मोटरसाइकल तथा साइकल चलाउँदा टल्कने खालको ज्याकेट लगाउन र पैदल यात्रुलाई कानमा इयर फोन लगाएर नहिँड्न ट्राफिक प्रहरीले सुझाव दिएको छ ।
तपाईको प्रतिक्रिया