साउदीमा सवारी दुर्घटनामा परि गंभीर घाइते बाग्लुङका दुर्गाको हार–गुहार
उपचारका लागि आर्थिक सहयोग गरिदिनुहोस ।
तिलोत्तमा माघ २५ गते । नेपालबाट धन कमाउने र परिवारलाई आर्थिक रूपमा सहयोग गर्ने चाहना लिएर बर्षेनी हजारौं नेपाली बिदेशको यात्रा गर्छन गर्न बाध्य छन । नेपालमा भने जस्तो कमाई नभएपछि विदेशीने नेपालीहरुको संखया दिनप्रतिदिन बढदै जादाँ विदेशमा पनि भने जस्तो काम नपाइने, साहु या कम्पनि मालिकको कचकच र यातना खेप्न परेका अनेकौं उदाहरण हामीकहाँ छन ।
बिदेशमा अनेक हण्डर र दुख त खेप्नुपर्छ नै घटना वा दुर्घटनामा परि जानै गुमाउनुपर्ने वा गंभीर घाइते भई बस्नुपर्ने बाभ्यता पनि छ । बैदेशिक रोजगार बोर्डको एउटा तथ्याङ्कको अनुसार पछिल्लो एक दशकमा लगभग १२,००० भन्दा बढी नेपालीहरूले बिदेश मा ज्यान गुमाएका छन् । त्यसमा पनि साउदी अरबमा ज्यान गुमाउनेको संख्या धेरै रहेको छ ।
यो त ज्यान गुमाउनेको मात्रै तथ्याङ्क हो, कुनै नेपाली त काम गर्दै गर्दा गंभीर घाइते भई नाम न दाम हुनुपर्ने बाध्यता पनि छ । आफ्नो भविष्य राम्रो बनाउने र घरपरिवारको पालन पोषण गर्ने सपना बोकेर बागलुङ बरेङ गाउँपालिका २, हुग्दिशिरका दुर्गा बहादुर नेपाली केही वर्ष अघि साउदी पलायन भएका थिए ।
नेपालबाट सकुशल काम गर्न गएका दुर्गा बहादुर नेपालीले हाल मै डिसेम्बर १०, २०२३ यानी मंसिर २४, २०८० आईतबारका दिन साउदी अरबमा फोरक्लिप गाडी दुर्घटना हुँदा गंभीर रूपमा घाइते हुन गएको थिए, उनको शरिरको देब्रे खुट्टा र ढाडमा चोट लागेको छ, र जसले गर्दा उनी चल्न न सक्ने भएका छन् । उनको काम गर्ने संस्था ले साउदी मा उपचार गर्न सकिँदैन भनेर उनलाई नेपाल पठाएको थिए ।
पालमा अहिले उनको उपचार चली रहेको छ, तर उपचारमा धेरै धनराशि खर्च हुने र आर्थिक रूपमा कमजोर भएकोले उनले देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण आमा बुवा, दाजु भाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सहयोग गर्न अपील गरेका छन्, साथै विभिन्न संघ संस्था, पत्रकारहरु लाई पनि सहयोगका लागि अपील गरेका छन् ।
अहिले उनको उपचार काठमाडौंमा स्थित ग्राण्डी अस्पतालमा भइरहेको छ र उनको आफ्नै दिदी गायिका अमृता नेपालीले पनि सबैलाई अगाडि आएर सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ । साथै सहयोगको लागि हाथ अगाडि बढाउँदै बुटवल, देवीनगर निवासी गणेश क्षेत्री ले पनि सबैजनाले अगाडि आएर आफूले सकेको सहयोग गर्न आग्रह गर्नु भएको छ ।
उनलाई सहयोग गर्ने चाहने हरूको लागि
अकाउंट नम्बरः ०४३०१०००६७३१०२०००००१
अकाउंट होल्डरः दुर्गा बहादुर नेपाली
सम्पर्क नम्बरः९८६९११४७३८
तपाईको प्रतिक्रिया