00:00:00
स्थानिय

रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको २५ औं स्थापना दिवस रजत बर्षको रुपमा मनाइदै

शनिबार माघ २७, २०८०/ Saturday 02-10-24

प्रकाश पाण्डे । माघ २७ गते । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो लुम्बिनीले आज आफ्नो २५ औं स्थापना दिवस मनाउदैछ । राजधानी बाहिर नेपाली आकाशमा सबैभन्दा पहिला एफएम रेडियो आवाज तरंगित भएको दिनको अवसरमा रेडियो लुम्बिनीले आज रजत बर्ष अर्थात साधारण सभाको आयोजना गरि स्थापना दिवस मनाउन लागेको हो ।

रेडियो लुम्बिनीले विक्रम संवत २०५६ साल माघ २७ गते वसन्त पञ्चमी अर्थात आजैका दिन उपत्यका बाहिर पहिलो पटक आफ्नो आवाज तरंगित गरेको थियो । दक्षीण एसियामै सहकारी सस्थाद्धारा सन्चालित पहिलो सामुदायिक रेडियोको रुपमा रेडियो लुम्बिनीले आफ्नो प्रसारण सेवा सुरु गरेको थियो । सामाजिक रुपान्तरणमा निरन्तर क्रियासिल रेडियो लुम्बिनीले सूचना, संदेश र मनोरंजन मार्फत विभिन्न भाषभाषी, क्षेत्र वर्ग, धर्म समुदाय र समाजमा पछाडि पारिएका तथा लुकेर रहेका प्रतिभाहरुको आवाज बुलन्द गर्दै आएको छ ।

यसैगरी समाजमा देखिएका बिकृति विसंगति बिरुद्द रेडियो लुम्बिनीले आफ्ना बिभिन कार्यक्रम र समाचार मार्फत पैरवी समेत गर्दै आएको छ । रेडियोले सुशासन र पारदर्शीताका लागि आवाज उठाउँदै आम नागरिकका चासो र जनजिविकाको बिषयबस्तुलाई समेत सम्बोधन गर्दै आएको छ । यसैबीच लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले टेलिभिजन समेत संचालन गरेर सुचनाको पहुच बढाउने कोसिस गरेको छ ।

स्थापना दिवसका अवसरमा शुभकामना दिदै संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले, रेडियोसंगै तिलोत्तमा टेलिभिजन समेत संचालन गरेर सस्थाले सूचना, संदेश र मनोरंजनका माध्यामवाट आफुलाई थर्प परिमाज्रित गर्ने अभियानमा लागी परेकोे बताउनुभएको छ । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनकौ आज परेको २५ औं स्थापना दिवस अर्थात रजत बर्षको अवसरमा शुभकामन दिनुहुदै अध्यक्ष पाण्डेयले संस्था अब श्रव्यदृश्य तर्फ लम्किएको बताउनुभयो ।

संस्थाको २५ औं बर्षगाँठका अवसरमा रेडियो लुम्बिनीका सस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, अध्यक्ष, संस्थाका सल्लाहकार, संचालक समिति सदस्य, पुर्व कर्मचारी तथा नियमित रेडियो सुनेर माया गर्ने सबैले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनलाई सललाह सुझाव र निरन्तर अगाडी बढन हौसला दिदै शुभेच्छा प्रकट गर्नुभएको छ ।

रजत बर्ष एवं साधारण सभाको अविसरमा लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले अहिले बिहान ११ बजेपछि मणिग्रामस्थित विश्राम बाटिकामा विशेष साधारण सभाको आयोजना गरेको छ भने रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको २५ औ स्थापना दिवसलाई रजत बर्षका रुपमा मनाउने निर्याय भएको संस्थाका कार्यकारी निर्देशक मिनाकक्षी न्यौपानेले जानकारी दिनुभएको छ । 

तपाईको प्रतिक्रिया