विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा खेल सप्ताहको आयोजना
११ वटा विभिन्न खेल विधामा ३०० बढी विद्यार्थीको सहभागिता
प्रकाश पाण्डे । फागुन ४ गते । रुपन्देहीको तिलोत्तमा ९ नन्दनवनमा अवस्थित श्री विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा खेल सप्ताहको आयोजना गरिएको छ । बिद्यालयको १९ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा साताब्यापी खेल कार्यक्रमको आयोजना गरिएको र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको विद्यालयका प्राचार्य डोलराज पाण्डेले जानकारी दिनुभयो ।
फागुन १ गतेबाट शुरु भएको खेल सप्ताह आगामी ६ गतेसम्म सन्चालन हुने तथा आगामी ७ गते १९ औ बार्षिकोत्सव एवं मुल समारोहको आयोजना गरिएको विद्यालयले जनाएको छ । खेल सप्ताह अन्र्तगत विहिबार गुबडा फोड, मयुजिकल चियर, अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता, भलिबल लगायतका प्रतियोगिता सम्पन्न भएका छन । ११ वटा विभिन्न खेल विधामा ३०० बढी विद्यार्थीको सहभागिता रहेको विद्यालयका अध्यक्ष हरि पाण्डेले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया