00:00:00
स्थानिय

विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा पुरस्कार वितरण सम्पन्न

आइतबार फाल्गुण ६, २०८०/ Sunday 02-18-24

प्रकाश पाण्डे । फागुन ६ गते । रुपन्देहीको तिलोत्तमा ९ नन्दनवनमा अवस्थित श्री विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयले आइतबार पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयको १९ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित साताब्यापी खेल कार्यक्रमका बिजयी विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको सहप्राचार्य तारा प्रसाद अर्यालले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुब न्यौपानेले विद्यार्थीहरुलाई मानसिक रुपमा स्वस्थ्य र अनुशासित बनाउन खेलकुदका कार्यक्रम फलदायी साबित हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका न्यौपानेले गुणस्तरीय शिक्षामा प्रतिबद्ध रही उत्कृष्ट पठनपाठन गराउदै आएको विद्यालयले बाल मैत्री शिक्षण पद्धति अवलम्बन गरेकोमा विद्यालयलाई धन्यबाद समेत दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डेयको अध्यक्षता रहेको कार्यक्रममा समितिका सदस्य तारा पाण्डे, पत्रकार प्रकाश पाण्डे लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डेयको स्वागत एवं सहप्राचार्य तारा प्रसाद अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोमबार अर्थात फागुन ७ गते १९ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको मुल समारोहको आयोजना गरिएको विद्यालयमा ३०० बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।  

तपाईको प्रतिक्रिया