00:00:00
शिक्षा

राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेको भनाइ।।

ज्ञानगङ्गा पाठशाला तिलोत्तमा –४ को १२ औँ वर्षिकउत्सब तथा अभिभावक दिवस सम्पन्न
सोमबार फाल्गुण ७, २०८०/ Monday 02-19-24


पर्वती न्यौपाने फागुन ७, 
प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताउनुभएको छ । ज्ञानगङ्गा पाठशाला तिलोत्तमा –४ को १२ औँ वर्षिकउत्सब तथा अभिभावक दिवस समारोहको उदघाटन गर्दै उहाँले सरकारले उचित शिक्षा नीति बनाएर संस्थागत तथा सामुदायिक विद्यालयलाई व्यबस्थित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । युवाहरूलाई आत्मनिर्भर बनाउन विद्यालय र अभिभावकको महत्वपूर्ण जिम्मेवारी हुने  घिमिरेले उल्लेख गर्नुभयो । 
विद्यालयका प्रअ चन्द्र अधिकारीले कार्यक्रममा विद्याथीर्, शिक्षकसंगै अभिभावकको सहभागिताले सकारात्मक सन्देश दिएको बताउनुभयो । सञ्चालक समिति अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख गगाराम आचार्य , तिलोत्तमा वडा –४ का अध्यक्ष हरिबादुर क्षेत्री र वडा १ का अध्यक्ष फर्सुराम गिरि , अभिभावक सङ्घ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली,  कुलचन्द्र पुरी लगायतले बोल्नुभएको थियो । फागुन २१ बाट सुरु भएको कार्यक्रममा सोमबार खाना महोत्सव, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी गरिएको थियो  । फागुन  २१ बाट सुरु भई सोमबार समापन भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी ,अभिभावक तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थी, अभिभावक र शिक्षकहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया