00:00:00
खेलकुद

गीर्वाण माबिको खेल सप्ताहमा मंगलबार क्रिकेट लगायतका खेल सम्पन्न

साताब्यापी खेल बुधबार पनि जारी रहने
मंगलबार फाल्गुण ८, २०८०/ Tuesday 02-20-24

प्रकाश पाण्डे । फागुन ८ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक बिद्यालयको खेल सप्ताहमा मंगलबार क्रिकेट लगायतका खेल सम्पन्न भएका छन ।

              बिद्यालयको ५८ औ बार्सिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित साताब्यापी खेलकुद कार्यक्रम अन्र्तगत मंगलबार कक्षा १ देखि ३ सम्मका छात्र छात्राका लागी बौद्धिक खेल, कक्षा ६ देखि १२ सम्मका छात्र छात्रा तर्फ लगंजम्प, कक्षा ४ देखि १२ सम्मका छात्राहरुको भाले जुधाई, छात्र तर्फ क्रिकेटको फाईनल र शिक्षकहरु बीच मैत्रीपुर्ण रस्साकस्सीका खेलहरु सम्पन्न भएका छन ।

                सएताहब्यापी रुपमा संचालन भैरहेको खेल कार्यक्रममा विद्यर्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको बिद्यालयका शिक्षिका दीपा पाण्डे गौतमले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका वडा न ५ का अध्यक्ष रमेश डुम्रेले बिहिबार एक कार्यक्रमका बीच उद्घघाटन गरेको प्रतियोगितामा १५ खेलमा २१४ मेडलका लागि बिद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेका छन ।

             साताब्यापी खेलकुद कार्यक्रम ग्रीर्वाण माविको आफ्नै प्रांगण एवं चपरहट्टीस्थित खेल मैदानमा सचालन भैरहेको छ । साताब्यापी खेल कार्यक्रमको बुधबार पनि जारी रहने गीर्वाण माविले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया