गीर्वाण माविद्धारा तिलोत्तमा नगरस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना
प्रकाश पाण्डे । फागुन १३ गते । गीर्वाण सस्कृत तथा साधारण मावि तिलोत्तमा ५ को आयोजना रहेको तिलोत्तमा नगरस्तरीय बक्तृत्वकला प्रतियोगिताको उपाधी शान्ति नमुना माविका सर्वदा विश्वकर्माले जित्नुभएको छ ।
नैतिक तथा ब्यावाहारिक शिक्षा, आजको आवश्यकता, शीर्षक रहेको बक्तृत्वकला प्रतियोगितामा आयोजक गीर्वाण माविका समीर खनालले द्धिप्तिय स्थान हासिल गर्नुभयो भने जनभावना माविका सविना शाक्य तृतीय र गौतम बुद्ध मावि केवलानीका पुर्णिमा भण्डारीले सान्त्वना स्थान हासिल गर्नुभएको विद्यालयले जनाएको छ ।
विद्यालयको ५८ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारी आयोजित प्रतियोगितामा तिलोत्तमा नगरभित्रका सामुदायिक माध्यामिक विद्यालयका १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका प्राचार्य केदार चन्द्र पराजुलीको अध्यक्षता एवं सरस्वति संस्कृत विद्यापीठका उप प्राध्यापक ऋषिराम आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुलाई ब्यवहारिक, अनुशासित, नैतिकवान र सज्जन बन्न यस्ता कार्यक्रमले सघाउ पुर्याउने बताएका छन ।
कार्यक्रममा साहित्यकार, प्राध्यापक एवं विद्यालयका सल्लाहकार ऋषिराम भूषाल, निर्णायकतर्फ ऋषिराम आचार्य र रामचन्द्र पोख्ररेल लगायतले मन्तब्य दिनुभएको थियो । वाल क्लवका अध्यक्ष निश्चल भट्टराईको स्वागत र शिक्षक बासुदेव गौतमको संन्चालनमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया